सिनियर टिमबाट कुशल मल्लको पहिलो अर्धशतक

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

आक्रामक ब्याट्स्म्यानको रुपमा परिचय बनाइरहेका मल्लले मात्र २४ बलमा अर्धशतक पूरा गरे । उनले ५ छक्का र २ चौकासहित ५० रन पूरा गरे । यो उनको सिनियर टिमबाट पहिलाे अर्धशतक हो ।

उनले दोश्रो छिटो अर्धशतक बनाएका हुन् । यसअघि ज्ञानेन्द्र मल्लले २१ बलम मलेशियासँग अर्धशतक बनाएका थिए ।

१७ वर्षिय कुशलले यही प्रतियोगिताबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । यसअघि नेपालका कुशल भुर्तेलले ७७ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया