भुर्तेल ७७ मा आउट

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालका कुशल भुर्तेल ७७ रनमा आउट भएका छन् ।

प्रतियोगिताका पाँचमध्ये चार खेलमा अर्धशतक बनाएका भुर्तेलले ५३ बलमा ८ चौका र ४ छक्कासहित ७७ रन बनाए ।

शतकतर्फ अग्रसर बनिरहेका उनी ठूलो सट खेल्ने क्रममा क्याच आउट भएका हुन् । १६ औं ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १७२ रन बनाएको छ । नेपालका कुशल मल्ल ३४ र दिपेन्द्रसिंह ऐरी २ रनमा खेलिरहेका छन् ।

प्रतिक्रिया