शुक्रबार सुन तोलामा ५ सयले घट्यो
२०७८ वैशाख १० गते

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२०७८ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








