बाँकेको राप्ती सोनारीका १७ जना कर्मचारीलाई कोभिड

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीमा कोभिड-१९ संक्रमण भएको छ ।
गाउँपालिकामा कार्यरत १७ जनाको परीक्षण गरेकोमा १७ जनाकै रिपोर्ट पोजेटिभ आएको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले मकालु खबरलाई जानकारी दिए ।

परीक्षण गराएका सबै कर्मचारीमा संक्रमण देखिएपछि अहिले एक हप्ताको लागि गाउँपालिकाको कार्यालय बन्द गरिएको र संक्रमण देखिएका कर्मचारीहरु आ-आफ्नो घर तथा डेरामै आइसोलेशनमा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया