भारतमा एकैदिन ३ लाख ३२ हजार बढीलाई कोरोना

काठमाडौँ । भारतमा एकैदिन ३ लाखभन्दा बढीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ३२ हजार ५ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एकै देशमा २४ घण्टाभित्र यति धेरै संख्यामा संक्रमण भएको यो विश्वकै पहिलो घटना हो । यसअघि गत जनवरी २ मा अमेरिकामा एकैदिन ३ लाख ३ सय १० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा दैनिक रुपमा २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएकै पनि यो ९औं दिन हो ।
कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३ सय ९ पुगेको छ ।
त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८६ हजार ९ सय २८ जनाको मृत्यु भएको छ भने १ करोड ३६ लाख ४१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।








