पाडिक्कलको शतकमा बेंगलोरको चौथो जित

काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि १० विकेटको जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले दिएको १७८ रनको लक्ष्य पछाएको बैंगलोरले १६.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको हो ।

बैंगलोरका लागि देवदत्त पाडिक्कलले शतकीय पारि खेलेका थिए । अविजित १०१ रन बनाएका पाडिकलले ५२ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै अविजित ७२ रन बनाएका कप्तान विराट कोहलीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १७७ रन बनाएको थियो । राजस्थानका लागि शिभम् दुवेले सर्बाधिक ४६ रन बनाएका थिए भने राहुल तेबटियाले ४०, रियान परागले २५, कप्तान सन्जु सामसनले २१ रन, क्रिस मोरिसले १० रन बनाएका थिए ।

त्यस्तै बैंगलोरका बलर हर्षल पटेल र मोहमद सिराजले ३-३ विकेट लिए भने किल जामिएसन, केन रिचार्ड्सन र वाशिंटन सुन्दरले एक एक विकेट लिए । योसँगै बेंगलोर लगातार चौथो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।राजस्थानको ४ खेलमा तेस्रो हार हो ।

प्रतिक्रिया