विराटनगरमा नेपाल समूहको समानान्तर कार्यालय सञ्चालनमा

विराटनगर । नेकपा एमाले नेपाल समूहले विराटनगरमा समानान्तर कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल समूहले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेर सञ्चालनमा ल्याएको हो ।

एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सँगै काम गर्न नसकिने निष्कर्षमा पुगेको नेपाल समूहले चैत २८ गते मोरङ जिल्ला स्तरीय तथा महानगर स्तरीय समानान्तर कमिटी गठन गरेको थियो । कमिटी गठन गरेको झण्डै दुई हप्तापछि महानगरपालिकामा छुट्टै कार्यालय संचालनमा ल्याएको हो ।

नेपाल समूहले विराटनगर–२ स्थित तिनपैनीमा महानगर कमिटीको छुट्टै कार्यालय खोलेर आफूपक्षीय पार्टीको गतिविधि बढाएको हो । दुई तले घर भाडामा लिएर संचालनमा ल्याएको कार्यालयको उद्घाटन सोही समूहका १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले गरेका थिए ।

प्रतिक्रिया