रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा निर्वाचन

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका आउँदो जेठ ६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार निर्वाचन जेठमा हुने भएको हो । ‘मन्त्रिपरिषद्को गत ६ गतेको निर्णयबमोजिम जेठ ६ गते चुनाव हुने भएको हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका छन् । उपनिर्वाचन घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि बैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।

बिहीबार नै उपनिर्वाचन तयारीसम्बन्धी थालेको आयोगले भनेको छ– राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया