कोका-कोला अब २५ रुपैयाँमा

काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कोका–कोलाले यसको मूल्य मात्र २५ रुपैयाँ तोकेको छ ।

नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरूका लागि डिजाइन गरिएको कम्पनीले बताएको छ । यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरूसँग गहिरो सम्बन्ध निर्माण गर्ने कम्पनीको विश्वास छ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरूको चाहाना अनुरुप कोका–कोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ ।

आरजीबी रियुजेबल बोतलहरु वातावरण मैत्री हुने भएकाले यसलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया