मनकामना केबुलकार बन्द गर्न खोजिएकोमा असन्तुष्टि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको भन्दै व्यवसायी र यात्रुले असन्तुष्टि व्यक्त गरेका छन् ।

मनकामना मन्दिर लकडाउन गरेको मितिदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाटै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा गराइरहेकाे अवस्थामा केबुलकार बन्द गर्नु असान्दर्भिक रहेको उनीहरुकाे दाबी छ।

मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकार र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप भएकाे मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले दाबी गरे । उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया