नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटअन्तर्गत मलेसियासँगको दोश्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मलेशियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपाल प्रतियोगिताको फाइनल पुगिसकेको छ । आजको खेल जिते नेपाल शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ ।

प्रतियोगिताबाट बाहिरिइसकेकाले मलेशियाका लागि आजको खेलमा जित वा हारको कुनै अर्थ हुनेछैन । फाइनलमा नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रतिक्रिया