तुलसीहरिको ‘न्यूरोडका झाँक्री’ विमोचन

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार तथा पत्रकार तुलसीहरि कोइरालाको पहिलो कथा कृति ‘न्यूरोडका झाँकी’ सार्वजनिक गरेका छन् ।

बुधबार शताब्दी पुरुषको निवासस्थित लोक साहित्य भवनमा आयोजित कार्यक्रममा बोल्दै जोशीले ९० वर्षअघि आफूले स्कुल पढ्दा अङ्ग्रेजी कथाहरू पढ्न पाएको सम्झना गरे । उनले भने, ‘त्यस बखत नेपाली कथामा अलिकति पनि प्रगतिवादी कुरा आए छुल्याहाहरूले चुगली लगाउँथे र लेखकले दुःख पाउँथे ।’ मन्तव्यका क्रममा उनले नेपाली कथा साहित्य विश्व बजारमा पुग्नुपर्ने बताए ।

शिखा बुक्स र लघुकथा समाजद्वारा आयोजित श्री ओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक तुलसीहरि कोइराला र मणी लोहनीले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया