बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

बुधवार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया