रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल गरेका थिए भने एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए । यो सहज जितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल ३२ खेलमा ७० अंकसहित शिर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको एटलेटिकोको ३१ खेलमा ७० नै अंक रहेको छ ।

त्यस्तै ३२ खेलमा ६७ अंक रहेको सेभिया तेस्रो स्थानमा छन् भने ३० खेलमा ६७ अंक रहेको बार्सिलोना चौथो स्थानमा रहेको छ । त्यस्तै काडिजको भने ३२ खेलपछि ३६ अंक छ र लिगमा १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया