चिनियाँ राजदूत लक्षित विस्फोट, ४ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा चिनियाँ राजदूत लक्षित बम विस्फोट हुँदा कम्तीमा ४ जना मारिएका छन् भने ११ जना घाइते भएका छन् । पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा विस्फोट भएको हो ।

सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ । तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् ।

थप केही नबताएर पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।सेरेना क्वेटाको प्रख्यात होटल हो । जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ । गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको बताए । उनका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा थिए, होटलमा थिएनन् ।

बलुचिस्तान प्रान्तका गृहमन्त्री जियाउल्ला लङ्गोले राजदूत नङ उच्च मनोबलमा रहेको र क्वेटाको आफ्नो भ्रमण बिहीवार सम्पन्न गर्ने बताए । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् । –बीबीसी

प्रतिक्रिया