मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

फुटलब खेलाडी सरु लिम्बूलाई सम्मान

विराटनगर । महिला फुटबल खेलाडी सरु लिम्बू पथरीशनिश्चरेमा सम्मानित भएकी छन् । लिम्बूलाई आफ्नै घर पथरीशनिश्चरे-४ मा रहेको महिला फुटबल क्लबले सम्मान गरेको हो । छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचना बनाउन सफल भएकी उनलाई सम्मान गरिएको हो ।

लिम्बूले आफ्नो खेल शैली उत्कृष्ट प्रदर्शन गर्दै छोटो समयमै राष्ट्रिय टोलीमा पर्न सफल भएकी थिइन् । विराटनगरमा दुई वर्षघि आयोजना भएको महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको महिला लिगमा आवद्ध भएकी सरुलाई क्लबले सम्मान गरेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)का सह-महासचिव वसन्त अर्यालले सरुलाई सम्मान गरेका थिए । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको सहभागिता थियो ।

महिला टोलीकी अर्की राष्ट्रिय खेलाडी मनमाया लिम्बूलाई क्लबले मायाको चिनो प्रदान गरेको थियो । क्लबकी टिम मेनेजर जमुना आले मगरको सक्रियतामा आयोजना भएको कार्यक्रममा क्लबका प्रशिक्षक विक्रम धिमाल, विराटनगर महानगरपालिका-१ वडाध्यक्ष उद्धव अर्याल, राष्ट्रिय टोलीका पूर्वडिफेन्डर तथा प्रशिक्षक पारस चौधरी, पूर्व खेलाडीद्वय संजीव बुढाथोकी र दीपक राईलगायतको उपस्थिति रहेको थियो ।

सरुले अन्डर-१८ र १९ टिमको कप्तानी गरिसकेकी छन् । सो कार्यक्रममा विराटनगर-१ का वडाध्यक्ष उद्धव अर्याल र एन्फाका सह-महासचिव वसन्त अर्यालले विभिन्न खेलकुद सामग्री क्लबलाई प्रदान गरे ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com