इटहरीमा भूमिहिन सुकुम्वासीको लगत संकलन सुरु

विराटनगर । सुनसरीको ईटहरी नगरपालिकाले भुमिहिन सुकुम्बासीको लगत संकलन सुरु गरेको छ । सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न टोल टोलमा लगत संकलन सुरु भएको हो ।

इटहरीमा आजदेखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिँदैछ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने उपमहानगरपालिकाले जनाएको छ । ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी लगत संकलनको लागि परिचालित हुनेउपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सक्ने तयारी उपमहानगरपालिकाको छ । इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिसकिएको छ ।

यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई कसरी सहज वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

यसैगरि प्रत्येक वडामा गठित वडास्तरीय भूमी सम्वन्धी समस्या सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई ब्यवस्थित र प्रभावकारी वनाउने विषयमा छलफल गरिएको छ ।

प्रतिक्रिया