मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ट्रककाे ठक्करबाट १८ वर्षीया शिल्पाको मृत्यु

काठमाडौँ । काठमाडौँको गोङ्गबुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका-२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बरको ३-०१-००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका-२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् ।

घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com