चेन्नईको लगातार तेस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले लगातार तेस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो ।

चेन्नईले दिएको २२१ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा अल आउट हुँदै मात्र २०२ रन बनायो । जितसँगै चेन्नई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पराजित कोलकाताको ४ खेलबाट २ अंक जोडेको छ ।

प्रतिक्रिया