नेपालगञ्जमा निषेधाज्ञा

काठमाडौं ।  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा १ साता लामो निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएकाले बुधबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको जनाएकाे छ ।

अत्यावश्यक कामबाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको र निषेध गरिएका कार्य गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासन कार्यालयले जनाएकाे छ ।

उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरूका कोभिड वार्ड सबै भरिएको र नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले निकालेकाे सूचनामा उल्लेख छ ।

तरकारी‚ खाद्यपदार्थ‚ दूग्धजन्य पदार्थ‚ ग्यासलगायत दैनिक उपभोग्य वस्तुका पसल बिहान ६ देखि १० बजेसम्म सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ । स्थानीय प्रशासनका अनुसार बाँकेमा हालसम्म ७३५ जना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया