मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

न्यायाधीश चुडाल र सुवेदीले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र नहकुल सुवेदीले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेका थिए ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com