राजस्व संकलन लक्ष्यको ६८ प्रतिशत

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिना ६ दिनमा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । हालसम्म ६ खर्ब ९६ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

संकलित राजस्वमध्ये कर राजस्वको हिस्सा ठूलो छ । कुल संकलित राजस्वमध्ये कर राजस्व ६ अर्ब ४८ अर्ब ३४ करोड १७ लाख रुपैयाँ संकलन भएको छ । यो कुल संकलित राजस्वको ९३ प्रतिशत हो । त्यस्तै, गैरकर राजस्व ७ प्रतिशत अर्थात् ४८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ छ ।

यस्तै कर राजस्व लक्ष्यको ७१ प्रतिशत र गैरकर राजस्व लक्ष्यको ४९ प्रतिशत संकलन भएको छ । करबाट ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र गैरकरबाट ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ उठाउने सरकारको लक्ष्य थियो ।

सरकारले चालू वर्षमा वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

यसमध्ये हालसम्म १० अर्ब ७ करोड ५४ लाख रुपैयाँ अर्थात् लक्ष्यको १६ प्रतिशतमात्र अनुदान प्राप्त गर्न सफल भएको छ । त्यस्तै, वैदेशिक ऋणबाट ३६ अर्ब ५४ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया