रेमिट्यान्स सेवा विस्तार गर्न मनीग्राम र ईसेवा मनी ट्रान्सफरले सहकार्य गर्ने

काठमाडौं । रेमिट्यान्स सेवा विस्तारका लागि मनीग्राम इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरले सहकार्य गर्ने भएका छन् ।

नेपालमा सीमापार ‘पीटूपी’ रकम भुक्तानी तथा रकम स्थानान्तरणका लागि यी दुई बम्पनीले साझेदारी गर्ने घोषणा गरेका हुन् ।
एफवान सफ्ट ग्रुपको सहायक कम्पनी ईसेवा मनी ट्रान्स्फर र नेपालकोे उदयीमान रेमिट्यान्स कम्पनीको रुपमा रहेको मनीग्रामको सहकार्यले विप्रेषण सेवा प्रवाहमा अझ सहजता प्राप्त हुने विश्वास गरिएको छ ।

यस सहकार्यअन्तर्गत मनीग्रामका ग्राहकले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको र इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको यी कम्पनीले बताएका छन् ।

६५ भन्दा धेरै बैंकसँग जोडिएको खाता निक्षेप सेवाले नेपालमा रहेका सबैजसो बैंक खातामा रकम जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा रहेका ४२ लाखभन्दा बढी दर्ता गरिएका ईसेवा वालेट प्रयोगकर्तामाझ आगामी ईसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्स प्रवाहका लागि उपयुक्त हुने बताइएको छ ।

विश्व बैंकको तथ्यांक अनुसार नेपाल संसारकै धेरै पिप्रेषण प्राप्त गर्ने व्यक्तिको संख्या भएको देश हो । सन् २०१९ मा ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

यी दुई विप्रेषण सेवा प्रदायक कम्पनी बीच सहकार्य भएपछि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, मध्यपूर्वका देश, युरोपेली देशलगायतका देशमा रहेका नेपाली आप्रवासी, यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

रकम पठानउन साधारण रिसिभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त पार्ने बताइएकाे छ ।

प्रतिक्रिया