मलेशियासंग नेदरल्याण्ड्स पहिले ब्याटिङ् गर्दै

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा बुधबार मलेशिया र नेदरल्याण्ड्स खेल्दैछन् ।
त्रिवि मैदान कीर्तिपुरमा खेल केहीबेरमा शुरु हुँदैछ ।

टस जितेर मलेशियाले फिल्डिङ रोजेकाले नेरदल्याण्ड्सले पहिले ब्याटिङ् गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत यसअघिको खेलमा नेदरल्याण्ड्ले मलेशियालाई हराएको थियो । मलेशिया नेपालसँग पनि पराजित भएको थियो ।

मलेशियाले अब नेपालसंग लिग चरणको अन्तिम खेल खेल्नेछ । आजको खेल जिते नेदरल्याण्ड्स र नेपालले प्रतियोगिताको फाइनलमा खेल्नेछन् । नेदरल्याण्ड्ले मंगलबार नेपाललाई ३ विकेटले हराएको थियो ।

प्रतिक्रिया