सुन तोलामा १३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मगंलबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंङले जनाएको छ ।

प्रतिक्रिया