रियलमीद्वारा फाइभजी विकासका लागि पछिल्लो प्रतिबद्धता घोषणा

काठमाडौं । रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिबद्धता घोषणा गरेको छ ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए ।

सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।

लीका अनुसार रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्रपूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइनसहितका सुलभ फाइभजी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्ग माझ पुर्‍याइसक्ने लक्ष्य लिएको छ ।

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखी विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधन सहितथप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया