तरूण दलले रोक्यो प्रदेश भेला

काठमाडौँ । नेपाल तरूण दलले प्रदेशहरूमा गर्न लागेको भेला स्थगित गरेको छ । देशभर कोभिड-१९ को संक्रमण बढ्न थालेपछि हालका लागि भेला स्थगित गरिएको हो ।

अध्यक्ष जितजंग बस्नेतले परिपत्र जारी गर्दै भेलाहरू रोक्न सबै जिल्ला सभापतिलाई भनेका छन् । तरूण दलले गण्डकी प्रदेशमा वैशाख १२ र १३ तथा प्रदेश नम्बर २ स्थित बारामा जेठ १ र २ गते भेला राखिएकोमा स्थगित गरेको हो ।

महामारी कम भएपछि भेला गर्ने केन्द्रबाट जानकारी दिइने तरूण दलले जनाएको छ । साथै संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया