मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कञ्चनपुर संक्रमणको उच्च जोखिममा

कञ्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस संक्रमण देखा पर्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । यसैगरी त्रिनगर ‘डोकेबजार’ सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको सङ्ख्या ३११ रहेको छ ।

एन्टिजेन परीक्षणमा सक्रिय संक्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ । आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com