रायन बने टोटेनहमको नयाँ प्रशिक्षक

एजेन्सी । टोटेनहमको अन्तरिम प्रशिक्षकमा रायन मासन नियुक्त भएका छन् । प्रशिक्षक  जोसे मोरिन्हो बर्खास्तीमा परेपछि २९ वर्षीय रायनको हातमा टोलीको जिम्मेवारी आएको हो ।

पूर्व मिडफिल्डर रायनले सन् २०१८ मै खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए । त्यसयता उनले क्लबको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् ।

बुधबार टोट्टेनह्यामले प्रिमियर लिगमा साउथह्याम्पटनको सामना गर्दैछ ।

प्रतिक्रिया