मुम्बईमाथि दिल्लीको जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातीको खेलमा दिल्लीले मुम्बईमाथि जित निकालेको छ । दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो ।

एमए चिदाम्बर स्टेडियममा जितका लागि १३८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९.१ ओभरमा मात्र चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

योसँगै दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ भने मुम्बई ४ खेलमा समान २ मा हार र २ मा जित सहित चौथो स्थानमा छ । बुधबार कोलकाता र चेन्नईबीचको खेल हुँदैछ ।

प्रतिक्रिया