नेदरल्याण्ड्ससँग नेपाल पराजित

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको छ ।

२०७ रनको लक्ष्य नेदरल्याण्ड्सले अन्तिम ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो ।

नेदरल्याण्ड्सका बास द लिडले नटआउट ८१ रन बनाए । यस्तै बेन कुपरले ५५ र पिटर लिलारले ३१ रनको योगदान गरे । लिडले ४२ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन बनाए ।

दोश्रो ओभरमै पहिलो विकेट गुमाएपनि नेदरल्याण्ड्सले त्यसपछि सम्हालिएको प्रदर्शन गरेको थियो । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी, कुशल मल्ल र अभिनाश बोहोराले १ विकेट लिए । सन्दीपले ४ विकेट लिएपनि महंगो बलिङ गरे ४ ओभरमा उनले ४८ रन खर्चिए ।

जीतसँगै नेपाल र नेदरल्याण्ड्सको दुई/दुई जीत भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ राजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

यो नेपालले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बनाएको अहिलेसम्मकै दोश्रो धेरै रन हो । यसअघि सन् २०१९ को डिसेम्बरमा भुटानसँग नेपालले २ सय ३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल मल्लले ६२, दिपेन्द्रसिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ रन बनाए । सोमपाल कामी २१ रनमा तथा विनोद भण्डारी ७ रनमा नटआउट रहे । ओपनर आसिफ शेख शून्यमै आउट भए । करण केशीले १ रन बनाए ।

कुशल भुर्तेलले डेब्युपछिका लगातार तीन खेलमा अर्धशतक पूरा गरेका छन् ।

४६ बल खेलेका भुर्तेलले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै विष्फोटक ब्याटिङ्ग गरेका दिपेन्द्रले मात्र ३० बलमा ५ छक्का ३ चौका सहित ६० रन बनाए ।

नेपालले प्रतियोगितामा नेदरल्याण्ड्स र मलेशियालाई यसअघि पनि हराइसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया