नेपाललाई अर्को सफलता

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँग खेलिरहेको नेपाललाई तेश्रो सफलता मिलेको छ ।

नेपालका लागि तेश्रो विकेट पनि सन्दीप लामिछानेले नै लिएका हुन् । यसअघिका दुवै विकेट उनले लिएका थिए ।

तेश्रो विकेटका रुपमा सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका बेन कुपरलाई आउट गरे । उनले ३५ बलमा १० चौकाको सहयोगमा ५५ रन बनाएका थिए ।

कुपरले तेश्रो विकेटका लागि लिडसँग ६८ रनको साझेदारी गरेका थिए । सन्दीपले त्यो साझेदारी तोडेका हुन् ।

प्रतिक्रिया