नेदरल्याण्ड्सको सय रन पूरा

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्याण्ड्सले १ सय रन पूरा गरेको छ ।

नेदरल्याण्ड्सले ११ औ ओभरमा २ विकेट गु्माउँदै १ सय ५ रन बनाएको हो ।

१४ रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर म्याक्सलाई गुमाएको नेदरल्याण्ड्सले ६५ रन बनाउँदा दोश्रो विकेट गुमाएको थियो । उसका बेन कुपर ४६ र लिड २४ रनमा खेलिरहेका छन् ।

नेपालका दुवै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ राजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

यो नेपालले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बनाएको अहिलेसम्मकै दोश्रो धेरै रन हो । यसअघि सन् २०१९ को डिसेम्बरमा भुटानसँग नेपालले २ सय ३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल मल्लले ६२, दिपेन्द्रसिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ रन बनाए ।

सोमपाल कामी २१ रनमा तथा विनोद भण्डारी ७ रनमा नटआउट रहे । ओपनर आसिफ शेख शून्यमै आउट भए । करण केशीले १ रन बनाए ।

कुशल भुर्तेलले डेब्युपछिका लगातार तीन खेलमा अर्धशतक पूरा गरेका छन् ।

४६ बल खेलेका भुर्तेलले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै विष्फोटक ब्याटिङ्ग गरेका दिपेन्द्रले मात्र ३० बलमा ५ छक्का ३ चौकासहित ६० रन बनाए ।

नेपालले प्रतियोगितामा नेदरल्याण्ड्स र मलेसियालाई यसअघि पनि हराइसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया