सन्दीपले लिए पहिलो विकेट

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँग बलिङ गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ । २ सय ७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्याण्ड्सको पहिलो विकेट गएको हो ।

नेपालका सन्दीप लामिछानेले पहिलो विकेट लिए । दोश्रो ओभरमा सन्दीपले नेदरल्याण्ड्सका म्याक्स ओडउडलाई ९ रनमा आउट बनाएका हुन् ।

पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको ६२ तथा दिपेन्द्रसिंह ऐरीको ६० रनको मद्दतमा २०६ रन बनाएको हो ।

प्रतिक्रिया