दिपेन्द्र ६० रनमा आउट

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालका दिपेन्द्रसिंह ऐरी ६० रन बनाएर आउट भएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भएपछि क्रिजमा आएका दिपेन्द्रले मात्र २८ बलमा ५४ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए । त्यसपछिको बलमा छक्का प्रहार गरेका उनी त्यसलगत्तै आउट भए । २९ बल खेलेका उनले ५ छक्का र तीन चौकासहित ६० रन बनाए ।

यसअघि कुशल भुर्तेलले ६२ रन बनाएर आउट भएका थिए । अहिले क्रिजमा कुशल मल्ल र बिनोद भण्डारी छन् ।

प्रतिक्रिया