कुशलद्वारा डेब्यूपछिका तीन खेलमा अर्धशतक

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालका कुशल भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार भइरहेको नेदरल्याण्ड्ससँगको खेलमा ४१ बलमा अर्धशतक पूरा गर्दै उनी डेब्यूपछिका तीन खेलमा लगातार अर्धशतक बनाउने खेलाडी बनेका हुन् ।

उनले ४१ बलमा ५२ रन बनाएर खेलिरहेका छन् । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए ।

उनले १४ बलमा २ चौका १ छक्का प्रहार गरे । यसअघि ओपनर आशिफ शेख शून्य रनमा आउट भएका थिए । क्रिजमा दिपेन्द्र सिंह ऐरीले कुशललाई साथ दिइरहेका छन् ।

प्रतिक्रिया