नेपालको ५० रन

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले ५० रन पूरा गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५ ओभर ४ बलमा ५० रन पूरा गरेको हो ।

नेपालले १ विकेट गुमाएको छ । ओपनर आशिफ शेख शून्य रनमा आउट भएका हुन् ।

ओपनर कुशल भुर्तेल ३४ रन बनाएर खेलिरहेका छन् भने उनलाई कप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाएर साथ दिइरहेका छन् ।

प्रतिक्रिया