‘बाह्रौं खेलाडी’बिनै खेल्दै नेपाल

काठमाडौं । नेपाल त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मंगलबार नेदरल्याण्ड्ससँग खेलिरहेको छ । टस जितेर नेपालले पहिले ब्याटिङ् रोजेको छ ।

खेल घरेलु मैदानमा भइरहेपनि आजको खेलमा दर्शक उपस्थित छैनन् । नेपाल क्रिकेट संघ क्यानले कोभिड कहरका कारण दर्शकको भौतिक उपस्थितिबिनै खेल खेलाउने निर्णय गरेपछि टिकट काटिसकेका दर्शक पनि टेलिभिजन लाइभमा मात्र खेल हेर्न बाध्य भएका हुन् ।

घरेलु दर्शकलाई बाह्रौ खेलाडी भन्ने गरिन्छ । हरेक जितमा खेलाडी र कप्तानले घरेलु मैदान र दर्शकको उपस्थितीले मनोबल उच्च बनाएको प्रतिक्रिया दिने गरेका छन् ।

आजको खेलमा नेपाललाई घरेलु मैदानको फाइदा भएपनि बाह्रौ खेलाडीको रुपमा रहने हजारौं दर्शकको भौतिक साथ र समर्थन भने पाएको छैन ।

नेपाली खेलाडीहरुले हजारौं दर्शकलाई पक्कै मिस गरिरहेको हुनुपर्छ ।

प्रतिक्रिया