नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्ससँग नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदान कीर्तिपुरमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

यसअघिका दुवै खेलमा टस जितेर नेपालले पहिलो फिल्डिङ रोजेको थियो । आज भने कप्तान मल्लले पहिले ब्याटिङ रोजेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । यस्तै दोश्रो खेलमा पनि नेपालले मलेशियालाई हराएको थियो ।

आजको खेल जिते नेपाल शिर्षस्थानमा रहँदै फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया