केकीलाई कोरोना संक्रमण

काठमाडौँ । नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ । रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ का एक प्रतियोगीलाई संक्रमण देखिएसँगै उक्त शोका सम्पूर्ण टीमको कोभिड परीक्षण गरिएको थियो ।

यही क्रममा उनलाई संक्रमण देखिएको हो । पहिलो पटक परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि केकीले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन् । दोस्रो पटक पनि कोरोना पोजेटिभको रिपोर्ट आएपछि केकी अहिले होम क्वारेनटाइनमा छिन् ।

सोमबारदेखि छायांकन हुने भनिएको चलचित्र ‘घिन्ताङ’को सेड्युलसमेत यही कारण प्रभावित हुने भएको छ । केकी संक्रमणमुक्त भएसँगै छायांकन सुरु गरिने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया