पारस भन्छन्- ‘मानसिक रुपमा मैदानमै हुनेछु’

काठमाडौैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा अलराउन्डर पारस खड्काले भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग सँधै खेल मैदानमै रहेको बताएका छन् ।

अभ्यासका क्रममा घाइते भएपछि अन्तिम समयमा टिम बाहिर रहेका पारसले ट्वीटरमा आफु भौतिक रुपमा उपस्थित हुन नसकेपनि आफ्नो दिमाग खेलमै रहेको बताएका हुन् । पारसले त्रिदेशीय क्रिकेटमा नेपाललाई समर्थन गर्दा आफु उत्साहित रहेको पनि उल्लेख गरेका छन् ।

त्रिदेशीय क्रिकेटमा नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेपछि शुरु हुनेछ ।

प्रतिक्रिया