सुनको मूल्य तोलामा ३ सयले घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य ३ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन मंगलबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

मंगलबार तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंङले जनाएको छ ।

प्रतिक्रिया