त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई निषेध

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले कीर्तिपुरमा जारी त्रिदेशीय कप टी-२० सिरिजमा आजदेखि दर्शकलाई निषेध गरेको छ । २५ जना भन्दा बढी व्यक्ति उपस्थित हुन नहुने भनी सरकारले दिएको निर्देशनअनुसार क्यानले दर्शकबिना खेल सञ्चालन गर्ने भएको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले सोमबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयअनुसार दर्शकलाई प्रवेश निषेध गरिएको जानकारी दिए । यो निर्णयसँगै आमनेपाली क्रिकेटका समर्थकमा पर्न गएको असुविधाप्रति क्यानले क्षमा याचना गरेको छ ।

प्रतिक्रिया