आईपीएलमा चेन्नईको दोस्रो जित

काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ म दोस्रो जित हात पारेको छ । सोमबार राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन मात्र ४३ बनायो । यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएकाे थियाे ।

यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया