लुम्बिनी प्रदेश : नवनियुक्त ४ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले मन्त्री बनेका ४ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । समिति अध्यक्ष अशोककुमार यादवले सोमवार नै विज्ञप्ति जारी गरी मन्त्री बनेका ४ नेतालाई स्पष्टीकरण सोधेका हुन् ।

सोमवार नै मन्त्री पदको शपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलगायतका नेताहरुलाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका हुन् । विज्ञप्तिमा चित्तबुझ्दो स्पष्टीकरण नआए सांसद पद नरहने उल्लेख गरिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शंकर पोखरेलले ‘सेफ जोन’मा पुग्न ४ जसपा नेतालाई मन्त्री बनाएका थिए । तर, मन्त्री बनेको केहीबेरमै पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया