टोटनह्यामले हटायो मोरिन्होलाई

काठमाडौं । इंग्लिस फुटबल क्लब टोटनह्यामले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । यो सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएपछि क्लव व्यवस्थापनले मोउरिन्होलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

क्लबले १७ महिनाअघि माउरिसियो पोचेटिनोको ठाउँमा मोउरिन्होलाई प्रशिक्षक बनाएको थियो ।

मोउरिन्होसँगै उनका कोचिङ स्टाफ जोओ स्क्रामेन्टो, नुनो सान्तोस, कार्लोस लालिन र जियोभानी कीरालाई पनि हटाएको क्लबले जनाएको छ । क्लब व्यवस्थापनले काराबाओ कपको फाइनलको अघिल्लो दिन क्लवले मोउरिन्होलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

अब टोटनहमले यो सिजनमा रायन मासोन र क्रिस पोवेललाई प्रशिक्षकको जिम्मा दिने संभावना रहेको र अर्को सिजनबाट मात्र प्रशिक्षक नियुक्त गर्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया