मदनकृष्णको परिवारका पाँचै जनालाई कोरोना

काठमाडौँ । मदन कृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । आज जन्मदिनमा नै उनीलगायत उनका छोरा‚ बुहारी‚ छोरी र नातिनीलाई संक्रमण भएको हो ।

उनका छोरा यमन श्रेष्ठले परिवारका सम्पूर्ण सदस्यलाई संक्रमण भएको बताएका छन् । सबै जना घरमै रहेर स्वास्थ्य मापदण्ड अपनाउँदा पनि कोरोना संक्रमण देखिएको उनले बताए ।

यता मदनकृष्णले जन्मदिनमा शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै सुरक्षित रहन सामाजिक सञ्जालमार्फत् आग्रह गरेका छन् ।

जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्‚ ‘मलगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ ! भइसकेपछि सास्ती चाहीँ हुने रहेछ‚ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला ! ’

प्रतिक्रिया