नेपाल त्रिदेशीय क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल त्रिदेशीय ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दोश्रो खेलमा मलेशियालाई ९ विकेटले हराएसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालले भोली नेदरल्याण्ड्ससँग खेल्नेछ । यो खेलमा नेपाल नै विजयी भए नेपाल शिर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गर्नेछ । मलेशिया र नेदरल्याण्ड्स दुबै देशको फाइनल पुग्ने सम्भावना कायमै छ ।

११० रनको लक्ष्य पाएको नेपालले १३ औं ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

नेपालको जीतमा कुशल भुर्तेलले नटआउट ६१ रन बनाए । आशिफ सेख ४२ रनमा आउट भए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । दिपेन्द्रसिंह ऐरी ६ रनमा नटआउट रहे ।

कुशल र आशिफले पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गर्दै जीतको आधार तय गरेका थिए । यो नेपालका खेलाडीले बनाएको तेश्रो ठूलो शुरुवाती साझेदारी हो ।

प्रतिक्रिया