कुशलको लगातार अर्धशतक, पावर प्लेमा नेपाललाई ७० रन

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा  नेपालका ओपनर कुशल भुर्तेलले प्रतियोगितामा लगातार दोश्रो अर्धशतक बनाएका छन् कुशलले २६ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । उनले नेदरल्याण्ड्ससँगको खेलमा पनि अर्धशतक बनाएका थिए । त्यो उनको राष्ट्रिय टिममा पहिलो खेल थियो ।

साेमबार मलेशियासंग खेलिरहेको नेपालले पहिलो पावर प्लेबाट ७० रन बनाएको छ । मलेशियाले दिएको ११० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले पहिलो ६ ओभरको पावर प्लेमा विना विकेट ७० रन बनाएको हो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेशिया १६ ओभर ५ बलमा १०९ रनमा अलआउट भयो ।
नेपालका लागि करण केशीले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए ।

मलेशियाका तीनजना खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । उसका सायद अजिजले बनाएको २७ रन नै सर्वाधिक हुन पुग्यो ।

यस्तै, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।

प्रतिक्रिया