मलेशियाद्वारा नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मलेशियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेशिया १६ ओभर ५ बलमा १०९ रनमा अलआउट भयो ।

नेपालका लागि करण केशीले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए ।

मलेशियाका तीनजना खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । उसका सायद अजिजले बनाएको २७ रन नै सर्वाधिक हुन पुग्यो ।

यस्तै, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए । मलेशियाका एक खेलाडी रन आउट भए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ शुरु गर्दैछ ।

 

प्रतिक्रिया